आरडीटीमा कोरोना देखिएको चितवनको एक महिलाको पीसीआरमा कोरोना नभएको पुष्टि

आरडीटीमा कोरोना देखिएको चितवनको एक महिलाको पीसीआरमा कोरोना नभएको पुष्टि

चितवनको रत्ननगरमा हिजो र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी परीक्षणमा एक जना महिलामा कोरोना देखिएको भनिएकामा पीसीआर परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । यो संगै भरतपुरमा आइतबार र सोमबार संकलन भएको नमुनाको रिपोर्टमा कसैलाई पनि कोरोना देखिएको छैन । कुल ७९ वटा नमुना मध्ये सबैको परिक्षणमा कोरोना नदेखिएको भरतपुर अस्पतालले जनाएको छ। चितवनमा अहिले सम्म कोरोना संक्रमीतको संख्या दुई छ ।