दरबारमै पस्यो कोरोना, स्पेनकी राजकुमारीको मृत्यु

दरबारमै पस्यो कोरोना, स्पेनकी राजकुमारीको मृत्यु

कोरोना भाइरस (कोभिड १९)  एउटा यस्तो महाकाल बनेर संसारलाई सताइरहेको छ कि यसले दरबारदेखि सडकसम्मका लागि छाडेको छैन ।

विश्वका विभिन्न देशका नागरिकको मृत्युको कारण बनेको यो भाइरसबाट स्पेनमा राजकुमारीकै ज्यान लिएको छ ।

स्पेनिस राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

टेरेसा स्पेनको बोउरबोन पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । निःसन्तान उनी भतिजाभतिजीसँगै बस्दै आएकी थिइन् ।

यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिए पछि उनी एकान्तवासमा रहिररहेका छन् ।

यसैबीच स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म ५ हजार ९८२ जनाको मृत्यु भैसकेको छ भने ७३ हजारभन्दा बढी संक्रिमत भएका छन् ।