श्रीमानद्धारा श्रीमतीको हत्या

श्रीमानद्धारा श्रीमतीको हत्या

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ।

Generator

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

cp