संसद् बैठक फेरि स्थगित ,सभामुखको विकल्प खोज्न कांग्रेस तयार

संसद् बैठक फेरि स्थगित ,सभामुखको विकल्प खोज्न कांग्रेस तयार

सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि फेरि स्थगित गरिएको छ।

कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेसँगै संसद् बैठक आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

एमसीसी संसद्‍मा आइतबार नै पेस भइसकेको छ। तर, त्यसमाथि बहस हुन सकिरहेको छैन। एमसीसीमाथि बिहीबारको संसद् बैठकमा छलफल हुने कार्यतालिका थियो।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा अन्तिम समयमा स्थगित गरिएको थियो। 

बिहीबार स्थगित गरेर शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको संसद् बैठक पुन: सरकारकै आग्रहमा स्थगित भएको हो।

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ

पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो ।

दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो ।

कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।

उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ ।

राजधानी दैनिकबाट