एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा ढुंगा हानाहान भएको छ।
विभिन्न कम्युनिष्ट घटक र तिनका भ्रातृसंगठनका कार्यकर्ताहरुले कोणसभापछि नाराबाजी गर्दै प्रहरीको ब्यारिकेड तोडेपछि दुवै पक्षबीच झडप भएको हो।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले पनि अश्रुग्याँस प्रहार गरेको छ। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ।