प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ प्रधानन्यायाधीशकै इजलासमा

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ प्रधानन्यायाधीशकै इजलासमा

सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूचीमा प्रतिनिधि सभा विघटन विरुद्धका रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको छ। सर्वोच्चमा प्रधानन्यायाधीशले नै पेसी तोक्ने गरेका छन्। प्रधानन्यायाधीश जबराले प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइ आफ्नै इजलासमा तोकेका हुन्।

प्रतिनिधि सभा पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरी सर्वोच्च अदालतमा ३० रिट परेका छन्। जसमध्ये १९ रिटमाथि आज सुनुवाइ हुन लागेको हो। बाँकी ११ रिटमाथि भोलि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। यसका विरुद्ध विपक्षी गठबन्धनका पाँच दलका १४६ जना सांसद र कानून व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए।
थप सामग्री : https://www.himalkhabar.com/news/123841