भरतपुरमा १५ वटा टिप्परहरुमा स्थानीयको तोडफोड

भरतपुरमा १५ वटा टिप्परहरुमा स्थानीयको तोडफोड

जेठ १२,कोरोनाको महामारीको बेलामा पनि जथाभावी नदी उत्खनन् गरेको भन्दै १५ वटा टिप्परहरुमा भरतपुर महानगरपालिका १६ सानोगढीका स्थानीयले तोडफोड गरेका छन् ।नारायणी नदी उत्खननमा प्रयोग गरिएको १५ वटा टिप्परहरुमा आज बिहान तोडफोड भएको हो ।सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामवद्ध रहेका १५ वटा टिप्परलाई आज बिहान स्थानीयले अनावश्यक भिडभाड गरेको भन्दै तोडफोड गरेका हुन् ।कोभिड–१९ को मौका छोपेर गरिएको उत्खननले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक नै फैलिएको स्थानीयले बताएका छन् ।ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले निषेधाज्ञा भएका बेला भरतपुरमा टिप्पर आतंक भएको बताए । उत्खनन् कार्य निरन्तर रहेका कारण गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकमा तोडफोेड गरेको उनको भनाइ छ । 
राज्यको प्राकृतिक स्रोत साधनको उचित रुपले प्रयोग हुनुपर्छ भनेर वनले उत्खनन्का लागि स्वीकृत दिएको भएपनि जथाभावी उत्खनन् हुन थालेपछि स्थानीय आक्रोशित बनेको उनले बताए ।
उत्खननको जिम्मा पाएको भिष्म एण्ड ब्रोदर्श कन्ट्रक्शनका एक्जुकेटिभ डाइरेक्टर बिकल क्षेत्रीले स्थानीय प्रशासनसँग नै समन्वयन गरेर काम गरिरहेको बताए । भरतपुर महानगरले नै आफूहरुलाई निषेधाज्ञामा काम गर्न भनेकाले काम गरेको उनको भनाइ छ ।यति ठूलो विवाद आएपछि आफूहरुले काम गर्न नसक्ने उनले बताए । उनले महानगरले यस क्षेत्रको विवादको बारेमा आफूहरुलाई लुकाएको उनले बताए । स्थानीयको माग हामीले जाली हालेर सम्वोधन गरेको भए पनि महानगरका तर्फबाट केही पनि नहुँदा स्थानीय आक्रोशित बनेको उनले बताए 


आफूहरुले १ करोड ६९ लाख महानगरलाई बुझाइसकेको बताउँदै उनले ३ करोड ३४ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेको बताए । निषेधाज्ञाको बाहनामा काम नगरे रकम जफत गर्छाै भनेर महानगरले चेतावनी दिएका कारण आफूहरुले काम गरेको उनको भनाइ छ । महानगरले ब्लयाक लिस्टमा पार्ने चेतावनी दिएर यस्तो बेला पनि काम गर्न बाध्य परेको उनको भनाइ छ ।महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले आइइ गरेर नै काम गरिरहेको दाबी गरेका छन् । जेठमसान्तसम्म समय ठकेदारलाई समय तोकिएकाले काम गर्न भनिएको उनले बताए । ठेकेदारले उत्खनन् गर्दा आचारसंहिता उल्लघंन गरिएको पाइएकाले त्यसबारे निर्णय हुने उनको भनाइ छ ।