असोज १२, मुटु दिवसको अवसरमा भोलि नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनको आयोजनामा साइकल ¥याली हुने भएको छ ।”सबैको हृदयको गति जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस्” भन्ने नाराका साथ साइकल र्याली आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। हरेक वर्षको सेप्टेम्बर २९ तारिख अर्थात भोलि मुटु दिवस परेको छ ।
![](https://i2.wp.com/synergyfm.com.np/wp-content/uploads/2020/09/120190737_338777697458126_6561519030466279443_n.jpg?w=640)
यस दिन विश्वभर नै मुटुरोगका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने गरिन्छ । नेपालमा पनि भोलि मुटुरोग तथा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरिएको छ । उक्त ¥यालीमा देशका विभिन्न भागमा साइकलको प्रयोगका बारेमा जनचेतना फैलाउने काम गरिरहेको अभियान ‘एक सपना साइकल र सफा नेपालको’ समेत सहकार्य रहेको आयोजकले जनाएको छ ।
![](https://i1.wp.com/synergyfm.com.np/wp-content/uploads/2020/09/120299911_786671662110688_8082530046820523974_n.jpg?w=640)
¥याली बिहान ७ः०० बजेबाट भरतपुर महानगरपालिकाको वडा नं १ मा रहेको नारायणघाट बसपार्कबाट सुरु हुने आयोजकले जानकारी दिएको छ। ¥यालीमा सहभागी भई ‘मुटु बचाऔं’ अभियानमा सहयोग गर्न पनि आयोजकले सबैसँग अपील गरेको छ ।