जनकल्याण माध्यमिक विद्यालयको क्वारिनटिनमा पनि स्थानियको सहयोग

जनकल्याण माध्यमिक विद्यालयको  क्वारिनटिनमा पनि स्थानियको सहयोग

बलराम पाठक

माडी ६ जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरमा रहेको क्वारिनटिनमा पनि स्थानियले सहयोग गरेका छन् । उनीहरुले सरसफाई गर्न आवश्यक सेनिटाईजर,साबुन,माक्स,हरियो तरकारी माछा,मासु,चामल सहयोग गरेका छन् । माडी ६ निवासीहरु हर्क चापागाईले ४ के.जी कुखुराको मासु, मिना कुमारी चौधरी र सुजता गुरुङ् बाट १।१ दर्जन चिजवल र विस्कुट, राम बहादुर जी.सी बाट रु २ हजार बरावरको कुखुराको मासु, गोविन्द सुबेदी र माधब सुबेदी बाट ३।३ के.जी हरियो तरकारी ,श्रीराम महतो बाट १५ के.जी हरियो तरकारी, टिकाराम आचार्यले ६ के.जी हरियो तरकारी, माडी हट वेकरीबाट ३०।३० पिस पाउरोटी र दुनोट सहयोग प्रदान भएको छ । जनकल्याण माध्यमिक विद्यालयका स्टार्फबाट रु २२८० बरावरको कुखुराको मासु, लक्ष्मी बुढाथोकीबाट ५ के.जी हरियो तरकारी ,राम नाथ सुबेदीले १ कार्टुन अण्डा, श्री तमु प्ये ल्हुं संघ बाट रु १०,०५० बराबरको खाद्यान्न तथा सरसफाई सामग्री सहयोग भएको छ । यस्तै माडी ७ निवासीहरु गंगा बरुवालले रु १ हजार बराबरको कुखुराको मासु,नारायण आचार्यबाट १ बोरा जिरा मसिनो चामल र धनश्याम भण्डारीबाट रु ६ सयको चियापत्ति र चिनी सहयोग भएको छ । जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरमा स्थापित क्वारेन्टाइन केन्द्रमा २ जना कुवेत, ५ जना अन्य जिल्ला बाट र २१ जना भारतबाट गरी जम्मा २८ जना रहनु भएको कुरा टेक नारायण पाठकले जानकारी दिनुभयो ।