सुर्खेतमा क्वारिनटिनमा बसेका एक जनाको मृत्यु भयको छ । उनि सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित क्वारिनटिनमा बस्दै आयका थिय । उनि १५ दिन अंघि मात्रै भारतको गढवालबाट फर्कियका गुर्भाकोट नगरपालिका ८ का ५० बर्षिय पुरुष रहेको नगरप्रमुख हस्त पुनले जानकारि दिनुभयको छ । मृतकको श्वाब संकलन गरि कोरोना परिक्षणको लागि पठाउने तयारि गरियको नगरप्रमुख पुनले जानकारि दिनुभयको छ । ।
यसै बिच
नेपालमा आज थप ४ सय ५१ जनामा कोरना संक्रमण पुष्टि भयको छ । यो संगै नेपलमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयले पष्टि गरेको छ ।
विश्वभरि माहामारिको रुपमा फैलियको कोभिड १९ ( कोरोना भाईरस) का कारण बिश्वभरि गरेर हालसम्म ४ लाख ३५ हजार ९ सय ८८ जनाको मृत्यु भयको छ । संक्रमितको संख्या भने ८० लाख १३ हजार ९ सय ६३ पुगेको छ जसमध्ये ४१ लाख ३७ हजार ६सय १४ जना भने उपचार पछि निको भयका छन् ।
सक्रमितहरु मध्ये ५४ हजार ४ सय ६१ जनाको भने अबस्था गम्भिर रहेको वोल्ड वो मिटरले जनायको छ । चिनको वुहान सहरबाट फैलियको भाइरस अहिले बिश्वका २ सय भन्दा बढि देशमा फैलिसकेको छ । यध्यपि चिनले भने त्यति ठुलो नोक्सानि बेहुर्नुपरेन चिनमा कोरना भाइरसकाे संक्रमणका कारण ४ हजार ६ सय ३४ जनाको मृ्यु भयो जहां १० हजार मानिसमा सक्रमण भयको थियो ।
झन्डै झन्डै १ महिना सम्म कुनै सक्रमण नदेखियको चिनमा शनिबार र आईतबार गरेर करिब ५० जना नयां सक्रमितहरु थपियका छन् । जसको कारण कोरोना भाईरस दोस्रो चरणमा पनि फैलन सक्ने बिज्ञहरुले आंकलन गरेका छन् ।
भाईरस सक्रमणका कारण बिश्वमा सबैभन्दा बढि अमेरिका प्रभाबित हुन पुग्यो जहां हालसम्म १ लाख १७ हजार ८ सय ५८ जनाले ज्यान गुमायका छन् । यस्तै करिब २१ लाख ६२ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भयकोमा १ लाख २० हजार भन्दा बढि भने उपचार पछि निको भयका छन् ।
यसैबिच रसियामा सक्रमितहरु बढ्दै गयका छन् जहां पछिल्लो २४ घन्टामा मात्रै करिब १ सय ४३ जना नयां सक्रमित थपियसंगै रसियामा पनि सक्रमितको संख्या ५ लाख ३७ हजार २ सय १० पुगेको छ । जहां ८ हजार २ सय ४६ जनाको सक्रमणका कारण ज्यान गयको छ ।
यस्तै बेलायतमा कोरना भाइरसका कारण ४१ हजार ७ सय जनाको ज्यान गयको छ , जहां सक्रमितको संख्या ३ लाख नजिक रहेको छ । यस्तै सक्रमितको संख्या अमेरिका पछि सबै भन्दा बढि ब्राजिलमा देखियको छ जहां सक्रमितको सख्या ८ लाख ६८ हजार पुगेको छ भने सक्रमणका कारण मृत्यु हुनेको सँख्या ४३ हजार ५ सय पुगेको छ ।
यसैबिच यता नेपालको छिमेकि मुलुक भारतमा कोरना भाईरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९ हजार पांच सय २५ पुगेको छ । जहां पछिल्लो २४ घन्टामा मात्रै ४ सय ७२ नयां सक्रमित थपिय संगै सक्रमितको संख्या ३ लाख ३३ हजार २ सय ५५ पुगेको छ ।