।।माडी नगरपालिका वडा न ६ तमुचोक देखि लक्ष्मीबास स्थित पुष्पमदन स्मृति वनवाटिका जाने बाटोमा सडक कालोपत्रे योजना अन्र्तगत कार्य जारी रहेको छ । वनबाटिकासम्म पुग्नका लागि करिब २.४ किलोमिटर सडक कालोपत्रे गरिने छ । अहिले कटिङ्ग,ग्रेडिङ्ग र रोलिङ्गको काम जारी रहेको हो । सो सडक बिस्तारका लागि जारी आर्थिक बर्षमा प्रदेश सरकारले १ करोड तथा माडी नगरपालिकाले १ करोड गरि २ करोड विनियोजन गरिएको थियो । योजनाको १ करोड २८ लाखमा भवानी निर्माण सेवा भरतपुरले ठेक्का पाएको छ । २ करोडको बजेट भए पनि कम लागतमा ठेक्का स्वीकृत भएका कारण माडी नगरपालिकाद्वारा विनियोजित बजेट मध्ये २८ लाख रुपैंया मात्र बाटो निर्माण कार्यका लागि प्राप्त हुने श्याम बिष्टले जानकारी दिनु भयो । माडीको सुन्दर दृष्य अवलोकन गर्न सकिने भ्यु टावर,पिकनिक स्र्पोट,सभाहल पुष्पमदन स्मृति वनवाटिका का मुख्य आर्कषण हुन् । राजनैतिक र पर्यटकिय मह्त्तोको यस योजना अन्र्तगत अन्य भौतिक संरचना निर्माण समेत भइरहेको छ ।