-भुवन पौडेल
चितवनको माडि नगरपालिका माछा व्यवसायको केन्द्रविन्दु मानिन्छ।त्यसमध्य पनि मा.न.पा ७ गोपालनगर यसको उद् गम स्थल हो।वि.स २०४३ सालबाट सुरू भएको माछापालन गोपालनगर,गाैरिनगर गरि माडि नगरपालिकाभरि ५०० बिगाह क्षेत्रफलभन्दा बढिमा व्यवसायिक रूपमा पालिएको छ। चिनबाट सुरू भएको कोरना भाइरसको कारणले आज ५९ आै दिनसम्म पनि नेपाल लकडाउनको अवस्थामा छ र यसको प्रत्यक्ष्य असर माछापालनमा पनि परेको छ।
१) बिक्रिका लागि बजारको समस्या
यहाँका माछाको लागि मुख्य बजार पोखरा र काठमान्डु हो। लकडाउनको कारण प्रदेश ५ पोखरा जान ठप्पै र काठमान्डु फ्याट्टफुट्ट जान पाएतापनि बजारमा माछाको माग निकै कम भएको छ।लकडाउन भन्दा अगाडि यहाँबाट दैनिक १२-१५ कुईन्टल बजारमा जान्थ्यो भने अहिले दिन बिराएर ५-६ कुइ्न्टल मुस्किलले गएको छ।र स्थानिय बजारमा पनि माछा बिक्रि ठप्प छ।गर्मी माैसमा ठुला माछा बेच्न नपाउदा अक्सिजनकाे कमिले माछा मरेर आर्थिक नोक्सान व्यहोर्न निकै गार्हो परेको किसानहरूको गुनासो छ।
२) दाना र ह्याचको ढुवानिमा समस्या
दानाको रूपमा मुख्य पिना ,ढुटो र रेडिमेड फिस फिड प्रयोग हुन्छ।यहाँका किसानहरुले दाना माडि भित्रैबाट ,नारायणगढ र नवलपरासिका विभिन्न मिलबाट ल्याउने गर्दथे तर अहिलेको समयमा बाहिरबाट त ठप्पै छ र माडि भित्रपनि पिना अभाब र ढुवानिमा समस्या परेको छ। विभिन्न भुरा उत्पादन फर्ममा अहिले ह्याचको अभाव भइरहेको छ।आफैले उत्पादन गरेको ह्याच किसानहरूलाई स्टकका लागि अपुग भएको र बाहिरबाट ल्याउन गार्हो परेको छ जसले गर्दा अर्को बर्ष भुरा अभाव पर्न सक्छ।
३) रसायनिक मल र आैषधिको अभाव
माछापालनमा मल जस्तै :युरिया र डि.ए.पि निकै महत्वपुर्ण मानिन्छ।उत्पादन बढाउन र अक्सिजनको कमि हुन नदिन मलको प्रयोग गरिन्छ। किसानको अनुसार १०-१५ दिनको फरकमा मलको प्रयोग गर्नपर्ने तर बजारमा यसको अभाव भइरहेको छ।यसको प्रयोग गर्न नपाउदा माछा अक्सिजनको कमिले माछा निस्कने र मर्ने भइरहेका छन। र विभिन्न किसिमको माछालाई चाहिने मिनिरल, भिटामिन लिन जान यातायातको कारणले नपाएर किसानहरूले सास्ति खेपिरहेका छन्। यस्तो महामारीको बेलामा बिक्रि गर्न त असम्भव नै छ तर आवश्यक पर्ने दाना ,आैषधि र मल किसान सम्म स्थानिय सरकारले सहज रुपमा पुर्याउनु पर्छ ताकि किसानहरुलाई आर्थिक रुपमा घाटा नहोस्।