चितवन – भरतपुर अस्पतालको आइसियुमा उपचारको क्रममा मृत्यु भएका बिरामीमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
आज (मंगलबार) बिहान मृत्यु भएका रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षिय एक वृद्दको रिपोर्ट नेगेटिभ आएको हो ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
४ महिनादेखी टिबीको औषधी लिईरहेका ति ब्यक्तीमा श्वासप्रश्वासको समस्या भएपछि आइतबार राती ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
उनमा लामो समदेखी फोक्सो र श्वासप्रश्वासमा समस्या थियो ।स्थानिय अस्पतालले क्यान्सरको आशंकामा उनलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरेको र त्यस अघी कोरोना भाइरस परीक्षणको लागि हिजो राती ९ भरतपुर अस्पताल ल्याईएको थियो ।
उनको आज बिहान मृत्यु भएको हो ।यस्तै आज थप २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पतालबाट स्वाब संकलन गरी परीक्षणको लागि पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।