काेराेना भाइरसकाे सङ्क्रमणकाे कारण ‘रेज जाेन’ आउने परेकाे ओडिशाकाे भद्रक जिल्लाकाे तिहाडीमा बनाइएकाे क्वरेण्टीन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएकाे छ ।
उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमकाे उल्लङ्घन गर्दै टिकटककाे भिडियाे बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । साथै समाचारमा पनि यसकाे चर्चा भइरहेकाे छ ।
भिडियाेमा ती सात जना नाचेकाे र रमाइलाे गरेकाे देख्न सकिन्छ ।
स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेकाे जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस
श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक जनलाई कोरोना संक्रमण भएको छ ।
बेलायतका एक व्यक्ति श्रीमतीलाई ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो ।
ती व्यक्तिले श्रीमतीलाई बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका थिए ।
ब्रिटेन पुगेका उनी त्यहाँबाट प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी केही दिन प्रेमिकासँगै बसेका थिए ।
संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका छन् । तर, उनको नाम भने गोप्य राखिएको छ ।
उक्त व्यक्तिकी पत्नीलाई पनि आइसोलेसनमा राखिएको छ ।