बैशाख १५, लकडाउन लम्बिए संगै माडी भित्र र बाहिर अलपत्र परेका यात्रुहरुलाइ माडी नगरपालिकाले उद्दार गरेको छ।लामो समय देखि माडी भित्र अलपत्र परेका यात्रुहरुलाइ आफ्नो-आफ्नो गन्तब्यमा पठाइएको मेयर ठाकुर ढकालले जानकारी दिनुभयो।लकडाउनका कारण समस्यामा परेका भरतपुरस्थित माडीबासीहरुलाई फिर्ता लैजान तथा माडीमा रहेका भरतपुर जानुपर्नेहरुलाई पठाउन प्रत्येक वडामा बसको ब्यबस्थापन गरि उद्दार गरिएको ढकालले बताउनुभयो।
![](https://i2.wp.com/synergyfm.com.np/wp-content/uploads/2020/04/94583495_570012793632586_7956935130730201088_n.jpg?w=640)
ढकालका अनुसार माडीबाट करीब ६०० जना भरतपुरतर्फ आएको तथा भरतपुरबाट अन्दाजी ५०० जना माडी भित्रिएका छन् ।
माडीबाट बाहिरिनेमा वडा नं १ बाट करीब १०० जना, वडा नं २ बाट ७० जना, वडा नं ३ बाट ८५ जना,वडा नं ४ बाट २५,वडा नं ५ बाट ८०,वडा नं ६ बाट ७०,वडा नं ७ बाट करीब १००,वडा नं ८ बाट ३५ र वडा नं ९ बाट पनि ३५ जना रहेका छन् ।
![](https://i1.wp.com/synergyfm.com.np/wp-content/uploads/2020/04/95509601_3192293230834627_5015861094023954432_n.jpg?w=640)
त्यसैगरी माडी भित्रिनेहरुमा वडा नं १का करीब १००, वडा नं २ का ९५, वडा नं ३ का ६५,वडा नं ४ का ३४,वडा नं ५ का २२, वडा नं ६ का ३०,वडा नं ७ का ९५, वडा नं ८ का ३३ र वडा नं ९ का ३० जना रहेको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । भरतपुरबाट माडी जाने सबैलाई कसरास्थित कोरोना हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार क्वारेन्टाइन सेन्टरमा रहनेगरी माडी भित्र्याइएको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको निर्णय रहेको छ ।