निरन्जन ढकाल
मलाई शहर को भिडले झन झन एक्लो गराउथ्यो , एक्लो महसुस गराउथ्यो । आमा बुवा अनि घर, म सम्झिरहन्थे । म पनि त शहर छिरेको थिए , उच्च शिक्षा हासिल गर्ने सपना मन भरि बोकेर । तर यो शहर ले मलाई एक्लो बनाएको थियो । भिड जती ठुलो हुदो रहेछ , त्यो भिडमा मानिस झन धेरै एक्लो हुदो रहेछ । गाउ जस्तो कहाँ हुदो रहेछ र शहर ? शहर त भिन्न हुदो रहेछ । घर जतीनऐ नजिक भए पनि , मन भने टाढा नै हुदो रहेछ । अनि यो भिडले एक्लो बनाएको मानिस म पनि थिए । मेरो परिवार गाउमा , अनि म ठूलो शहरको सानो डेरामा बस्थे । अनि यो शहरको एक्लोपन मेटाउने साथी फेस्बुक बनेको थियो । नया नया मानिस , नया नया अनुहार , अनि साथिहरु सङ्गको गफ निकै रमाइलो हुन्थ्यो । म अक्सर फेस्बुकमा केहि न केहि राखिरहन्थे । कहिले तस्विर अनि कहिले कही केहि मन परेका लेखहरु । मेरो हरेक पोस्टमा एउटा मानिसको कमेन्ट आउथ्यो । उस्को नाम “लोन्ली दिप्” थियो । हो उ म सङ्ग साथी त थियो । तर कहिले देखी अनि कसरी थाहा थिएन । त्ययी बेला जस्को रिक्वेस्ट आउँदा पनि स्विकार्ने गरिन्थ्यो । सायद त्यस्तै भएको थियो होला । तर हामी एक अर्का सङ्ग बोलेका थिएनौ । न त परिचित नै थियौ । उ फेस्बुकमा साथी त थियो , तर पनि अपरिचित थियो । तर उ सङ्ग मेरा केहि पारस्परिक साघिहरु थिए, मेरो घर नजिकैका साथिहरु । समय बित्दै गयो , उस्को कमेन्ट आइरहन्थ्यो , म उस्लाई कमेन्टमै रिप्लाई दिन्थे । तर न त उस्ले कुनै सन्देश पठायो न त मैले नै । म आशा गर्थे कि उस्ले मलाई बोलाओस । उ सङ्ग केहि कुरा गरौ । तर अह आएन उस्को सन्देश । उस्ले बोलाएन मलाई । कहिले कही सोच्थे , आफै पठाउ कि एउटा सन्देश भनेर । तर फेरी रोक्थे आफुलाई, म सोच्थे कि उस्ले मलाई के सोच्ला भनेर ? फेरी उ कस्तो मानिस हो मैले जानेको पनि त थिइन । त्यसैले उस्लाई बोलाउने हिम्मत आएन । समय बित्दै गयो । एक अर्का सङ्ग नबोलेरै महिनौ बित्यो । तर उस्ले कमेन्ट भने गर्न छोडेको थिएन । अनि मैले रिप्लाई दिन पनि छोडेको थिइन । एक बिहानी झुल्के घाम सङ्गै म पनि बिउझिए । शिरान मुनिबाट मोबाइल झिके अनि फेस्बुक खोले । यो मेरो आदत थिए । हरेक बिहानी , बिउझिने बित्तिकै फेस्बुक खोल्न पर्थ्यो । फेस्बुकबाट थाहा पए कि आज उस्को जन्मदिन रहेछ । तर फेरी यो जन्मदिन गलत पनि हुन सक्छ झै लाग्यो । त्यसैले उस्लाई मेसेज गरे, “जन्म दिनको शुभकामना साथी ।फेस्बुकले जन्मदिन भनेको रहेछ साचो हो कि झुटो त थाहा भएन तर पनि शुभकामना आजको बिशेश दिनको” लेखेर । उ अफ्लाईन थियो , कुनै रिप्लाक आएन । मलाई पनि कलेज जानु थियो । म तयार भए , कलेज जानको निम्ती अनि निस्किए । कलेजमा फेस्बुक खोलिन । साथिहरु सङ्ग गफ र पढाइमा बेस्त भए । तर जव म आफ्नो डेरामा फर्कदै थिए , तव फेस्बुक खोले । दिपको रिप्लाई आएको थियो । उस्ले लेखेको थियो” धन्यबाद हजुर । आज साच्चैको जन्मदिन हो मेरो । ” म खुशी भए । एउटा चाहाना थियो उ सङ्ग बोल्ने । अनि आज बाहाना पनि मिलेको थियो । मैले जिस्काउदै भने ” धन्यबादले मात्र कहाँ पुग्छ र । मलाई त चक्लेट चाहिन्छ । ” उस्ले पनि जिस्काउदै भन्यो” चक्लेट खानको निम्ती त उपहार दिनु पर्छ नि रोजी जि । ” हाम्रो पहिलो सम्वाद यसरि नै सुरु भयो । उस्को जन्मदिन बाट ।आश्विन १५ गते बाट । म भुल्न सक्दिन त्यो दिन । त्यो दिन त मेरो मस्तिस्कमा कैद भएको छ, जस्लाई म चाहेरै पनि भुलाउन सक्दिन । हामी बिच कुराकानी भयो । कुराकानिकै क्रममा थाहा भयो कि उस्को घर पनि मेरै घर नजिकै जस्तो रहेछ , केवल ७ किमी टाढा । तर उ बैदेशिक रोज्गारिमा निस्किएको थियो । उ पर्देशिएको रहेछ । आफ्नो सपना , अनि परिवारको चाहाना पुरा गर्न उस्ले स्वदेश छोडेको रहेछ । उ स्वर्ग देखी टाढा भएको थियो । परदेशको भुमिमा , उ पनि त एक्लो थियो । हामी बिच धेरै कुरा हुन थाल्यो । एक अर्काको साथी भयौ हामी । उ मिलनसार थियो , हसिलो थियो , ब्यबहारिक थियो अनि दुख बुझेको थियो । उ जिस्काइरहन्थ्यो । अनि यता म मुस्कुराइरहन्थे । हामी एक अर्काको नजिक भैसकेका थियौ ।मलाई उस्को अनि उस्लाई मेरो बानी पेरिसअकेको थियो । हामी निकै मिल्ने साथी भएका थियौ । टाढा भएर पनि हामी नजिक भएका थियौ । उस्को हरेक कुरा मिठो हुन्थ्यो , मिठाइ भन्दा पनि मिठो । हामी एकअर्का सङ्ग सुख बाड्थ्यौ , अनि दुख बाड्थ्यौ । आज्कल मलाई एक्लो महसुस हुँदैन थियो । तर उ सङ्ग बोल्न नपाउदा भने , एक्लिएको महुसुस गर्न थालेको थिए । उ मेरो एउटा आदत बनिसकेको थियो ।
क्रमस……………………………..