भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![](https://i1.wp.com/ratopati.prixacdn.net/media/890x90.gif?w=640&ssl=1)
ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।
![](https://i0.wp.com/ratopati.prixacdn.net/media/880X90px.gif?w=640&ssl=1)
आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । सोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।