खसीको मासु किलोमै ४०० वृद्धि

खसीको मासु किलोमै ४०० वृद्धि

सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु. एक हजार ६०० मा बिक्री गरेको छ ।

खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु. ४०० वृद्धि गरेका छन् । लकडाउनअघिसम्म प्रतिकिलो रु. एक हजार २०० मा बिक्री हुँदै आएको खसीको मासु अहिले प्रतिकिलो रु. एक हजार ६०० पुगेको छ ।

बालकोटमा मात्रै होइन जिल्लाका अधिकांश मासु पसलमा अहिले खसीको मासु प्रतिकिलो रु. ४०० देखि रु. ५०० सम्म वृद्धि गरी बिक्री गर्न थालेका छन् । बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गरे ।