पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै जापानका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।
जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेकोे छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ ।