कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु

कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो २४ घन्टामा आठ सय ३२ को निधन भएको छ ।

कोरोना भाइरसका कारण यतिधेरै संख्यामा निधन भएको यो नै पहिलो घटना हो । स्पेन स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्म पाँच हजार ६ सय ९४ को निधन भएको बताएको छ भने संक्रमितको संख्या ७२ हजार दुई सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार एक सय ८९ नयाँ संक्रमित थपिएका छन् । जुन शुक्रबारको तुलनामा १२.७ प्रतिशत बढी हो ।

अहिले चार हजार आठ सय ७५ को आइसियूमा उपाचार भइरहेको छ भने १२ हजार दुई सय ८५ जना पूर्ण रूपमा निको भएर घर फर्केका छन् ।