नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या

नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या

कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब संकलनका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ ।

आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो । जसलाई चीनबाट खरीद गरेर ल्याईए पनि पाँच बर्ष थन्काएर राखिएको थियो ।

उक्त मोडेलको जहाज चलाउन प्रशिक्षित पाइलटको अभावलगायत अन्य प्रशासनीक र प्राविधिक कारणले जहाज लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन ।

सन् २०१४ मा चीनबाट किनिएको उक्त जहान सन् २०१९ बाट उडाउन थालिएको थियो । लामो समयसम्म सो बिमानहरु थन्किदा नेपाल एयरलाइन्स धेरै ठूलो घाटा बेहोर्नु परेको थियो ।

प्रशिक्षित पाइलटको अभावसँगै यो जहाजको गुणस्तरमा पनि पहिले नै समस्या औल्याइएको थियो । यो जहाजले क्षमताले नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको ल्यान्डिंग सम्वन्धी मापदण्ड पूरा गर्न पनि नभ्याउने विज्ञहरुले बताएका छन् ।

प्राधिकरणको मापदण्ड अनुसार यस खालको कुनै पनि जहाज अवतरण गर्दा विमानस्थलमा १.२ डिग्री ग्रेडियेन्टभन्दा माथि उड्न पाउदैन् तर यो जहाजले भने सो मापदण्ड पूरा गर्न सकिदैन्थ्यो ।

उक्सत जहाज सिमरा र पोखरा बिमानस्थलसम्म मात्र उडाइन्थ्यो । तर आज अन्यन्त्र उडान गर्दा दुर्घटना भएको आकलन गरिएको छ ।

Source: Khabarhub