अमेरिकामा संसारमै सबैभन्दा बढी कोरोना संक्रमित, एक लाख संक्रमित हुँदा सत्र सयको मृत्यु

अमेरिकामा संसारमै सबैभन्दा बढी कोरोना संक्रमित, एक लाख संक्रमित हुँदा सत्र सयको मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संसारमै सबैभन्दा संक्रमित भएका छन् । इटाली, चीन स्पेनजस्ता बढी संक्रमित देशलाई उछिन्दै अमेरिका पहिलो भएको हो ।

शनिबारसम्ममा अमेरिका एक लाख ४ हजारभन्दा बढी मानिस कोराना भाइरसबाट संक्रमित भएका छन् । १७ सयभन्दा बढीको त मृत्यु नै भैसकेको छ ।

अमेरिकामा भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहँदा ट्रम्प प्रशासनले लिएका नीतिको आलोचना पनि भइरहेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या साँढे २७ हजार नाघ्दा संक्रमितको संख्या ६ लाख काटेको छ ।

भाइरस बुलेट ट्रेनको गतिमा फैलन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कार निर्माता कम्पनी जनरल मोटसलाई भेन्टिलेटर बनाउन आदेश दिएका छन् । उनले कोरियाली युद्धको समयको डिफेन्स प्रोटेक्शन एक्टसमेत लगाएका छन् ।

ट्रम्पले जनरल मोटरले समय बर्बाद गरिरहेको र अमेरिकी नागरिकको ज्यान बचाउन तत्काल काम गर्नुपरेको पनि बताएका छन् । जनरल मोटरले भने अप्रिलदेखि प्रत्येक महिना १० हजार भेन्टिलेटर बनाउन सक्ने बताएको छ ।

शुरुमा चिनियाँ भाइरस भन्दै गिजाइरहेका ट्रम्पले भाइरसले गाँज्दै लगेपछि चिनियाँ समकक्षी सी चिनफिङसँग पनि वार्ता गर्दै कोरोना नियन्त्रणमा गरेको कामको सम्मान गरेको छन् ।