सरकारले तोक्यो पसल खोल्ने समय

सरकारले तोक्यो पसल खोल्ने समय

लकडाउनको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ।

दैनिक उपभोग्य वस्तु बेच्ने व्यापारी कतिखेर पसल खोल्ने भन्नेमा अलमल परेपछि पसल खोल्ने समय तोकिएको हो।

समय तालिका अनुसार चामल, दाल, तेल, दूध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक पसल खोल्न पाइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जानकारी दिए।

लकडाउनको बेला दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ४ देखि ८ बजे र दिउँसो ३ देखि साँझ ५ बजेसम्म खोल्न पाइने छलफल भएको मन्त्री भट्टले बताए।

‘हामीले बिहान ४ घण्टा र बेलुका २ घण्टा पसल खोल्न पाइने भनेर छलफल गरेका छौं, उक्त निर्णय के भयो मलाई जानकारीमा आइसकेको छैन,’ मन्त्री भट्टले भने।

समय तालिका तोके पनि एकै पटक उपभोक्तालाई भीड नलाग्न उनले आग्रह गरेका छन्। Setopati