कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना

कोरोना भाइरस आशंकामा संकलन गरिएको नमूना लिन गएको जहाज धावनमार्गमा दुर्घटना

काठमाडौंबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन गएको विमान दुर्घटनामा परेको छ ।

स्वाबको नमूना लिनका लागि नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जना चिकित्सक र तीन जना चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतको भनाइ छ ।

जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जाली नजिक पुगेको थियो ।

विभिन्न स्थानमा संकल भएका स्वाबका नमूना काठमाडौं ल्याउन स्वास्थ मन्त्रालयले उक्त जहाज चाटर्ड गरेको थियो । विमानबाट लाइएका स्वाबलाई राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिने छ