विश्व स्वास्थ्य संगठनको चेतावनीः विश्व अनिश्चित भविष्य तर्फ लाग्दैछ

विश्व स्वास्थ्य संगठनको चेतावनीः विश्व अनिश्चित भविष्य तर्फ लाग्दैछ

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या झण्डै ६ लाख पुगेको छ। यस्तै २७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभाव गम्भीर बनेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका छन् ।

यस्तै उनले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन् ।