प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक

प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

मुटुको चालमा गडबडी भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो । तर उनको अवस्था अहिले सामान्य रहेको र आजै साँझसम्ममा डिस्चार्जको सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने, उहाँको मुटुको चालमा गडबडी भएपछि अस्पताल ल्याइएको थियो । अहिले अवस्था सामान्य रहेको छ । रिपोर्टहरु पनि सामान्य नै रहेका कारण आज साँझ सम्ममा डिस्चार्ज हुने सम्भावना छ ।

२१ फागनुमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक लगायतका कार्य बालुवाटारबाट सम्पादन गर्दै आएका छन् ।