कोरोनाको संक्रमण हुन नदिन भरतपुरमा डिसइन्फेक्सन छर्न सुरु

कोरोनाको संक्रमण हुन नदिन भरतपुरमा डिसइन्फेक्सन छर्न सुरु

चितवनको भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन सुरक्षात्मक उपाय अपनाएको छ। कोरोनाको संक्रमण हुन नदिन डिसइन्फेक्सन छर्न सुरु गरेको हो।

शुक्रबार बिहानैबाट नारायणगढ र भरतपुर बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न थालिएको भरतपुर महानगरपालिकाले जनाएको छ।

यता लकडाउनको चौंथो दिन आज चितवनको बजार क्षेत्र सुनसान छ। तर अरु बेलाको बन्द झै सम्झिएर बेलुकी ५ बजेपछि बजारमा केही चहलपहल देख्ने गरिएको छ।