प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । 

उनको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिलेसम्म स्थिति सामान्य बनिसकेको अस्पताल स्रोतले बताएको छ ।

स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताइन् ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए ।

तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।