कोरोनाबारे परामर्श गर्न ‘एनसेल कल टु डाक्टर’ सेवा

कोरोनाबारे परामर्श गर्न ‘एनसेल कल टु डाक्टर’ सेवा

१३ चैत, काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रोपात्रो र एनसेलको प्राविधिक सहयोगमा घरमै बसी कोरोनाभाइरसको लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्श दिने गरी ‘एनसेल कल टु डाक्टर‘ सेवा सुरू भएको छ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा गइ अथवा यो लिंक खोली आफ्नो समयानुसार अनलाइन बसेका नेपाल चिकित्सक संघमार्फत जुटेका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिने छ । डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर केवल एक क्लिकमैं भिडियो कलमार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझैं राख्न सकिनेछ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (COVID-19) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो।

यो विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिन र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका एकमात्र सहारा हाम्रा तमाम डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि प्राथमिकता दिइने बताइएको छ ।

अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्शसहित सेवा लिन सकून भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले बताए ।

‘देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय हो । तपाईं घरमा बस्नु नै आफू र अन्यलाई संक्रमणको सम्भावनाबाट जोगिनु हो। यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध एनसेल कल टु डाक्टर सुविधा प्रयोग गर्नुहोस्, सेवा प्रदायकले भनेको छ ।  यसबाट जोगिन र अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्न हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकरराज उप्रेतीले अनुरोध गरे ।

‘देशभरको चिकित्सक सञ्जाललाई केवल एक फोनका भरमा हाम्रो यो अभियानलाई हातेमालो गर्न अभूतपूर्व साथ दिनुहुने बरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीप्रति हामी आभारी छौं, नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल प्रति उहाँहरुको साथ बिना यो महाअभियान नितान्त अधूरोध छ,  हाम्रो पात्रोको लाखौं प्रयोगकर्ताका तर्फबाट यही समाचार मार्फत कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं । साथै धन्यवाद एनसेललाई यस विशेष पहलमा प्राविधक अन्तरवस्तुका लागि हामीलाई साथ दिनुभएकोमा धन्यवाद भन्छाैं,’ निर्देशक देवकोटाले भने ।

यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी हाम्रा नायक डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहानेले support@hamropatro.com, aregmi@hamropatro.com, skdevkota@hamropatro.com मा इमेल गर्न अनुरोध गरिएको छ। अथवा यहाँहरुले सिधै नेपाल चिकित्सक संघको फेसबुक पेजमा पनि सन्देश पठाउन सकिनेछ ।