कोरोनाबाट बेलायतमा अर्का नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा अर्का नेपालीको मृत्यु

बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।कान्तिपुर मा खबर छ

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।