नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज स्थगित

नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज स्थगित

कोरोना भाइरसका कारण आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आईसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । 

कोरोनाका कारण आईसीसीको मुख्यालय समेत बन्द भएको छ ।  नेपालले खेल्ने सातौं चरणको सिरिज अप्रिल २० देखि २७ तारिखसम्म नामिबि हुने तय थियो । जसमा नेपाल, नामिबिया र स्कटल्याण्ड खेल्ने थिए ।

नामिबियामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यसअघि स्कटल्याण्ड क्रिकेट संघले सिरिज सार्नका लागि पत्राचार गरेको थियो । प्रायः सबै देशले यात्रु आवतजावत गर्न बन्द गरेको अवस्थामा सिरिज सार्नुपर्ने भन्दै स्कटल्याण्ड क्रिकेट संघले स्थगित  गर्न माग गरेको थियो ।

हालका लागि स्थगित भएको यो सिरिज आगामी सेप्टेम्बरमा हुने आईसीसीले जनाएको छ । खेलको मिति भने तय गरेको छैन । यो प्रतियोगितामा नेपालले मात्र चार खेल खेलेको छ । जसमा दुई जित र दुई हार ब्यहोरेको छ ।

लिगको शीर्ष स्थानमा ओमान रहेको छ । आईसीसीले यसअघि छौटो चरणको सिरिज पनि स्थगित गरेको थियो ।