कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग

कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न १० लाख युरो आर्थिक सहयोग गरेका छन् ।

उनले अर्जेन्टिनाको रोसारियो अस्पताल र बार्सिलोनामा रहेको अस्पताललाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

मेस्सीले १० लाख युरो कोभिड १९ विरुद्ध खर्च गर्ने घोषणा गरेको इएसपीएन एफसीले जनाएको छ । विश्वभर फैलिइसकेको कोरोना संक्रमणको त्रास जारी रहँदा होम क्वारेन्टाइनमा रहेका मेस्सीले सहयोग गरेका हुन् ।

यस्तै, लिभरपुलका प्रशिक्षक पेप ग्वाडिओलाले पनि १० लाख युरो कोरोनाविरुद्ध खर्च गर्नेगरि दुई अस्पतालमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले मेडिकल कलेज अफ बार्सिलोना र एन्जल सोलेर ड्यानीयल फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् ।

यसअघि स्वीडेनका जाल्टन इब्रामोभिचले इटालीका कोरोना पिडीतको उपचारका लागि कोष नै स्थापना गरेका थिए ।