कोरोनाबाट विश्वभर २१ हजारबढीकाे मृत्यु, संक्रमितकाे संख्या ४ लाख ६८ हजार पुग्याे

कोरोनाबाट विश्वभर २१ हजारबढीकाे मृत्यु, संक्रमितकाे संख्या ४ लाख ६८ हजार पुग्याे

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ ।

अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ९०५ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख १४ हजार २१८ उपचारपछि घर फर्किएका छन् । अहिले ३ लाख ३३ हजार ४८७ जनामा कोरोना भाइरस सक्रिय देखिएकाे छ । तीमध्ये १४ हजार ७३३ जना भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५०३ पुगेको छ । चीनमा भने ३ हजार २८७ जनाले काेराेना काेराेनाका कारण ज्यान गुमाएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६८३ जनाको मृत्यु भएको छ भने ५ हजार २१० जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ७४ हजार ३८६ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ९ हजार ३६२ जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले इटालीमा ५७ हजार ५२१ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ भने ९ हजार ३६२ जना पूर्ण रूपमा निकाे भइसकेका छन् । संक्रमितमध्ये ३ हजार ४८९ अवस्था गम्भीर रहेको छ ।

चीनमा अहिलेसम्म कुल ८१ हजार २८५ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ३ हजार ९४७ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७४ हजार ५१ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

पहिल्लाे समय अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स र स्वीजरल्याण्डमा काेराेकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा संक्रमण हुनेकाे संख्या ६५ हजार ७९७ पुगेकाे छ ।

अमेरिकामा अहिलेसम्म ९३५ जनाकाे मृत्यु भएकाे छ भने ३९४ जना पूर्ण रूपमा निकाे भएका छन् । ६४ हजार ४६८ जनामा भने अहिले काेराेना सक्रिय रहेकाे छ ।

इटालीपछि काेराेनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा स्पेन पर्छ । अमेरिकाकाे तुलनामा स्पेनमा काेराेनाकाे संक्रमण संख्या कम भए पनि मृत्यु हुनेकाे संख्या भने अमेरिकाकाे भन्दा चार गुणा बढी छ । स्पनेमा अहिलेसम्म ४९ हजार ५१५ जनामा काेराेनाकाे संक्रमण भएकाे छ भने ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् ।

अहिले स्पेनमा ४० हजार ५१० जनामा काेराेना सक्रिय रहेकाे छ भने तीमध्ये ३ हजार १६६ जना गम्भीर अवस्थामा छन् । ५ हजार ३६७ जना भने पूर्ण रूपमा निकाे भएका छन् ।

त्यस्तै जर्मनीमा २०६, इरानमा २ हजार ७७, फ्रान्समा १ हजार ३३१, स्वीजरल्याण्मा १५३, बेलायतमा, ४६५, दशिक्ष काेरियामा १२६, न्यादरल्यण्मा ३५६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

एकै दिन २२ सय बढीकाे मृत्यु

बुधबार मात्रै विश्वभर २२ सयभन्दा बढीले काेराेनाका कारण ज्यान गुमाएका छन् । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार सबैभन्दा बढी इटालीमा ६८३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बुधबार स्पेनमा ६५६, फ्रान्समा २३१, अमेरिकामा १५५, इरानमा, १४३, न्यादरल्यण्मा ८०, जर्मनीमा ४७, बेलायतमा ४३, स्वीजरल्याण्मा ३१ र दक्षिण काेरियामा ६ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका करिब २०० देशमा फैलिसकेको छ ।