भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो

भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघेको छ । एकै दिन १ सय २१ जनामा संक्रमण देखिएको छ ।

विहीबार विहानसम्म भारतमा संक्रमितको संख्या ६५७ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। बुधबार मध्य प्रदेशमा एकजनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र र केरल प्रभावित भएका छन्। महाराष्ट्रमा हालसम्म ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन्।

राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

भारतमा लगातार कोरोना पोजेटिभको संख्या बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेदेखि भारतभर २१ दिनका लागि लकडाउन लागू गरेका छन्। त्यसअघि जनना कर्फ्यू लगाइएको थियो ।