ओलम्पिक एक वर्ष सर्दा जापानलाई करिब ७ खर्ब घाटा

ओलम्पिक एक वर्ष सर्दा जापानलाई करिब ७ खर्ब घाटा

टोकियो ओलम्पिक २०२० एक वर्षपछि सर्दा जापानलाई ६ खर्ब रुपैयाँ बढी घाटा हुने भएको छ। संसारभर फैलिरहेको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान एक वर्षपछि ओलम्पिक आयोजना गर्न सहमत भएका थिए।

आयोजक कमिटीका सिइओ तासिरो मुटोले ओलम्पिक एक वर्षपछि धकेलिँदा आर्थिक रुपमा घाटा पर्ने बताएका छन्।

यता जापानको कन्साइ विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक कात्सुहिरो मियामोटोले ओलल्पिक सार्दा जापानले बेहोर्नु पर्ने रकमको हिसाब निकालेकी छिन्। उनका अनुसार जापानले ५.७ बिलियन अमेरिकी डलर (६ खर्ब ९६ अर्ब २० करोड रुपैयाँ) घाटा पर्नेछ।

ओलम्पिक सारेसँगै अब आयोजकले ‘भेन्यू’हरुलाई मर्मतसँगै तयारी अवस्थामा राख्नु पर्नेछ। साथै एथ्लेट भिलेजका लागि निर्माण गरिएका हजारौं अपार्टमेन्ट ओलम्पिक पछिका लागि बेचिएका छन्। यस्तै आयोजक कमिटीमा अहिले ३५ सय कर्मचारी काम गरिरहेकाले उनीहरुका लागि थप एक वर्ष कामका लागि राख्नु पर्नेछ।

जुलाई २४ देखि अगस्ट ९ सम्मका लागि तोकिएको ओलम्पिकका लागि जापानले कुल १२.६ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ।