स्पेनमा एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ६ सय ५६ जनाको मृत्यु

स्पेनमा एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ६ सय ५६ जनाको मृत्यु

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा करिब ७ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ हजार ५  सय १५ पुगेको छ ।