अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण देखियो

अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण देखियो

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीब्र गतिमा देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ५१ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ९ सय ३१ पुगेको छ ।

हालसम्म अमेरिकामा ६५ हजार ६ सय ५२ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १० हजार ७ सय ९६ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ सय ९४ जना उपचारपछि निको भएका छन् भने ६४ हजार ३ सय २७ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका देश र क्षेत्रहरुगरी १ सय ९८ स्थानमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ८१ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन् ।