प्रदेश २ मा कोरोनाको आशंका गरेका व्यक्तिलाई सशस्त्र प्रहरीको क्वारेन्टाइनमा

प्रदेश २ मा कोरोनाको आशंका गरेका व्यक्तिलाई सशस्त्र प्रहरीको क्वारेन्टाइनमा

 पाकिस्तानमा कोरोना भाइरसका बिरामीसँग सेल्फी खिच्ने ६ जना सरकारी कर्मचारी निलम्बनमा परेका छन् ।

मंगलबार सरकारी अधिकारीले जानकारी दिए अनुसार ती कर्मचारीहरुले संक्रमण भएका बिरामीसँगै बसेर सेल्फी खिचेका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो । तस्बिरमा बिरामीलाई बीचमा राखेक छेउछाउमा मानिसको एक समूह थियो । उनीहरुमध्ये केही त हाँसिरहेका पनि थिए । तर कसैले पनि मास्क पहिरिएका थिएनन् ।

तस्बिर भने कोरोना प्रभावित सिन्ध प्रान्तको सुक्कुरस्थित क्वारेन्टाइनमा लिइएको थियो । सिन्ध प्रान्तमा मात्रै ३ सय ९९ जना संक्रमित छन् । पाकिस्तानभर भने ८ सय ९२ जना संक्रमित भेटिएका छन् । ६ जनाको मृत्यु भइसकेको छ । ‘सेल्फी काण्ड’मा संलग्न ती कर्मचारीलाई निलम्बन गरिनुका साथै क्वारेन्टाइनमा राखिएको छ ।