आठ दिनपछि लक-डाउन लम्बिन पनि सक्छ: उपप्रधानमन्त्री पोखरेल

आठ दिनपछि लक-डाउन लम्बिन पनि सक्छ: उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले परिस्थिति अनुसार लकडाउन लम्बिन पनि सक्ने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले आकस्मिक रुपमा आइपरेको परिस्थितिका कारण यस्तो भएकाले अहिले नै अनुमान गर्न नसकिने बताए।

‘११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन गरेका छौं। यसबीचको सबै घटनाक्रमलाई हामी सुक्ष्म अध्ययन गर्छौं। उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘यो त आँकलन गर्न सक्ने अवस्था छैन, कुन ढंगले अगाडि बढ्छ त्यसका आधारमा हाम्रा योजना तय गर्दै जान्छौं।’

भारतमा बस्न नसकेर नेपाल आएका नागरिकका लागि स्वदेश फर्काउने काम पनि भइरहेको उनले बताए। उनीहरुका लागि प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनको समेत व्यवस्था गरिने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। सेतोपाटी मा खबर छ

संक्रमितका लागि सरकारले उपचारको व्यवस्था मिलाएको भन्दै पोखरेलले शनिबारसम्म आवश्यक स्वास्थ्य सामाग्रीहरु नेपाल आइपुग्ने दावी गरे।

जनतालाई खाद्य सामाग्रीको अभाव हुन नदिने प्रतिबद्धता समेत पोखरेलले जनाएका छन्। लकडाउन कहिलेसम्म, संक्रमितका लागि उपचारको व्यवस्था कस्तो हुन्छ, उपभोग्य सामाग्री कसरी किन्न सकिन्छ, लगायतका विषयमा उपप्रधानमन्त्री पोखरेलसँग गरिएको विस्तृत कुराकानी भिडिओमा हेर्न सकिन्छ।