नेपाल-भारत सीमा नाकामा सयौं नेपाली अलपत्र

नेपाल-भारत सीमा नाकामा सयौं नेपाली अलपत्र

 कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् ।

गएरातिदेखि अलपत्र परेका उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरेका हुन् ।

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको भए पनि कतिपय नेपालीहरु भागेर नेपाल प्रवेश गरेका छन् ।

संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज बिहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।

उता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले हिजो साँझसम्म नाकामा पुगेका नेपाली रातिसमेत आउने क्रम रहेकाले उनीहरु सीमा क्षेत्रमै बसेको जानकारी दिए ।