चितवनमा लकडाउन उल्लंघन गर्ने १० पक्राउ

चितवनमा लकडाउन उल्लंघन गर्ने १० पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले मंगलबारदेखि लकडाउनको घोषणा गरे पनि चितवनमा पनि अझै अवज्ञा गरिएको देखिएको छ।

लकडाउन उल्लंघन गर्ने १० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ। लकडाउन उल्लंघन गर्ने १० जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुगंले जानकारी दिए।

उनीहरुलाई चितवनको विभिन्न स्तानबाट पक्राउ गरिएको हो।

लकडाउन गरिए पनि मूख्य राजमार्गमा साना सवारी साधन अझै पनि चलिरहेका छन्। मानिसहरु पनि हिडडुल गर्न अझै रोकिएका छैनन्।