नेपाल प्रवेशमा रोक लगाएपछि गौरीफण्टा नाकामा झडप, केही प्रहरी घाइते

नेपाल प्रवेशमा रोक लगाएपछि गौरीफण्टा नाकामा झडप, केही प्रहरी घाइते

नेपाल भारत सीमा नाका गौरीफण्टामा भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई प्ररीले रोक्न खाजेपछि स्थिति तनावग्रस्त बनेको छ ।

ठूलो संख्यामा भारतबाट आएका नेपालीहरुले नेपाल प्रवेश गर्न खोजेका थिए । तर उनीहरुलाई प्रहरीले सीमामै रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी केही प्रहरी सामान्य घाइते भएका छन् ।

सरकारले मुलुकभर मांगलबार बिहान देखि ‘लकडाउन’ गरेको छ । यसैबेला भारतका विभिन्न शहरहरुवाट नेपाल आउँदै गरेका नेपालीहरु सीमा नाकामा बिचल्लीमा परेका छन् ।

कैलालीको भारतसँग सीमा जोडिएको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिरहेका सयौँ नेपाली बिचबाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।

नेपालमा लकडाउन गरिएपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइसरको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेशसहित विभिन्न ठाउँका नागरिकहरु आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।

गौरीफण्टा सीमा नाकामा राति नै पुगेको भएपनि उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनीहरुले खाना र पानी समेत नपाएको भन्दै आक्रोश पोखेका छन् ।

सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।