कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु

कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९० राष्ट्र प्रभावित भएका छन् ।

विश्वभर १६ हजार ४सय ६० जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार ९ सय ५९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६ सय ४२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।

बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा छ ।

६३ हजार ९ सय २७ जना सङक्रमित रहेको इटालीमा ७ हजार चार सय ३२ जना उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ ।

त्यहाँ कोरोनाकै कारण १ हजार ८ सय १२ व्यक्तिको मृत्यु भइसकेको छ भने २३ हजार ४९ जना संक्रमित छन् ।

स्पेनमा मृत्यु हुनेको संख्या २ हजार २ सय ९९ पुगेको छ । संक्रमितको संख्या पनि बढेर ३५ हजार ६८ पुगेको छ ।

जर्मनीमा २ हजार २ सय ९९ जनाको मृत्यु भएको छ भने २९ हजार ५६ जना संक्रमित छन् ।

अमेरिकामा ५ सय ४६ जनाको मृत्यु भएको छ भने ४३ हजार ५ सय ८५ जना संक्रमित छन् । फ्रान्समा ८ सय ६० जनाको मृत्यु भएको छ ।

१९ हजार ८ सय ५६ जना संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ८ हजार ९ सय ६१ जना संक्रमित छन् ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ र संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । (एजेन्सी)