आजबाट देशभर साताव्यापी लकडाउन

आजबाट देशभर साताव्यापी लकडाउन

सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि देशलाई पूर्ण रूपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले जोखिम बढ््दै गएको निष्कर्षसहित न्य्ूनीकरणका लागि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

‘नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकाले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमर््ूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लाग्ू हुनेगरी आदेश जारी गरिएको छ,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले थप सजगता अपनाउँदै लकडाउन गर्ने निर्णय गरेको हो ।