कोरोना भाइरससँग लड्दै १२ बर्षीया बालिका

कोरोना भाइरससँग लड्दै १२ बर्षीया बालिका

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले स साना बालबालिकामा असर पर्दैन भनेर भनिरहेका बेला अमेरिकाको एटलान्टा अस्पतालमा एक १२ बर्षीया इमा जीवनसँग संघर्ष गरिरहेको ती बालिकाका आफन्तले जनाएका छन्।

मार्च १५ मा उनको स्वास्थ्य परीक्षण गरिएकोमा शुक्रबार रातिको कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको हो। शनिबार बिहानैदेखि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको सीएनएनको समाचारमा उल्लेख छ।

इमा अहिलेसम्म कतै नगएको भए पनि उनमा कसरी कोरोना भाइरसको संक्रमण भयो भन्नेबारे आफन्तहरु नै आश्चर्यमा परेका छन्।

बालिकालाई आइसोलेशनमा राखिएको र बिरामीको गोपनीयता सम्बन्धी कानुनलाई ख्याल गरी थप जानकारी प्रकाशमा ल्याइने अस्पतालका प्रवक्ता जेसिका पोपले बताएका छन्। स्वास्थ्य बिशेषज्ञहरुका अनुसार बृद्ध र बालबालिका दुबै समूहमा कोरोना भाइरसको खतरा उत्तिकै रहेको छ।

यसअघि चीनमा पनि २० बर्ष मुनिका एक व्यक्तिको मृत्यु भएको चीनको रोग नियन्त्रण केन्द्रले जनाएको छ।