माडीका वडाध्यक्ष पौडेल भरतपुर अस्पतालबाट डिस्चार्ज

माडीका वडाध्यक्ष पौडेल भरतपुर अस्पतालबाट डिस्चार्ज

फागुन १७, एकसाता लामो आमरण अनसन स्थगन गर्नुभएका वडाध्यक्ष कृष्ण प्रसाद पौडेललाइ भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ।गत फाल्गुन ७ गते साँझ ८:३० बजेबाट आमरण अनसन सुरु गर्नुभएका वडाध्यक्ष पौडेललाई स्वास्थ्य अवस्था गम्भीर भएसंगै फाल्गुन १२ गते बिहान भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालको आईसियुमा आमरण अनसन जारी राख्नुभएका उहाँले चितवनका राजनैतिक दलहरु एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा अनसन स्थगन गर्नुभएको थियो ।

उता राजधानीमा डेलिगेशन र भेटवार्तामा सरिक माडी नगरपालिकाको प्रतिनिधीमण्डलले भेटघाटलाई निरन्तरता दिएको छ ।राजधानीबाट ठोस नतिजा नलिई माडी नफर्किने र आवश्यक परे काठमाडौंमै दबावमुलक कार्यक्रम समेत गर्ने तयारीमा रहेको सो टोलीले उच्च अधिकारीहरुसंग छलफल गरेको हो ।छलफलमा निकुञ्ज ऐनको शंसोधन वा पुनर्लेखनका लागि कार्यदल गठन भइसकेको बताइएको छ । माडीबासीहरुका तर्फबाट उठाइएका मागहरु कार्यान्वयन हुने वातावरण बनाउन सरकारी पक्ष सकारात्मक बनेको जनाइएको छ ।