फूपुले बन्दुक समातेर सेल्फी खिच्न खोज्दा गोली चल्यो, लाग्यो १० वर्षे भतिजलाई

फूपुले बन्दुक समातेर सेल्फी खिच्न खोज्दा गोली चल्यो, लाग्यो १० वर्षे भतिजलाई

अमेरिकाको ह्युस्टनमा १० वर्षका बालकलाई उनको हेरचाह गरिरहेकी किशोरीले गोली प्रहार गरेकी छन् । बन्दुक हातमा लिएर सेल्फी लिन खोजेकी १९ वर्षकी केटलिन स्मिथले भुलबस चलाएको गोली ती बालकलाई लागेको ह्युस्टन प्रहरीले जनाएको छ ।

घटना मंगलबारको रहेको र गोली चलाउने किशोरी बालकको फूपु रहेको खुलेको छ । गोली लागेको बालकको अवस्था गम्भीर तर स्थिर रहेको छ । उनी पूर्ण रुपमा निको हुने अस्पतालले उल्लेख गरेको छ ।

बालकको पेटमा गोली लागेको हो । गोलीले उनको प्रमुख अंगमा चोट नपु¥याएको फक्स २६ न्यूजले जनाएको छ । घरमा सुरक्षित स्थानमा बन्दुक नराखिएकाले किशोरीले सोही बन्दुक समातेर सेल्फी लिन चाहेकी थिइन् ।

तर अनलोड ठानिएको सो बन्दुक लोड अवस्थामा रहेको भुलबस उनको औँला ट्रिगरमा गएपछि बन्दुक पड्किएको हो।