च्याम्पियन्स लिग फुटबलः नकआउट चरणको पहिलो खेलमा बार्सिलोना मुश्किलले हारबाट जोगियो

च्याम्पियन्स लिग फुटबलः नकआउट चरणको पहिलो खेलमा बार्सिलोना मुश्किलले हारबाट जोगियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। अन्तिम १६ को पहिलो लेग अन्तर्गत इटालियन क्लब नापोलीसँग भएको खेलमा स्पेनिस क्लब बार्सिलोना १–१ को बराबरीमा रोकिएको हो।

नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो। घरेलु टोली नापोलीका लागि ३० औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेका हुन्। पछि परेको बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन्।

उनले ५७ औँ मिनेटमा बार्सिलोनालाई हारबाट जोगाउने गोल गरेका हुन्। ९ औँ मिनेटमा अटुरो भिडाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। दोस्रो लेग आउँदो मार्च १ मा बार्सिलोनाको मैदानमा हुनेछ।