क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ दिनपछि घर फर्काइदै:कसैमा पनि सङ्क्रमण देखिएन

क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ दिनपछि घर फर्काइदै:कसैमा पनि सङ्क्रमण देखिएन

सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७आँै दिनमा घर फर्काइने भएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले आज १३ दिन सफल रुपमा पार गरेका छन्। यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ः०० र त्यसपछि त्यही टोलीले ११ः०० बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ । शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुयाँलले जानकारी दिए ।