वास्तविक जीवनका ‘गजिनी’ : ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्ति

वास्तविक जीवनका ‘गजिनी’ : ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्ति

क्लाइभ वेयरिङ कुनै बेलाका उत्कृष्ट सङ्गीतकर्मी तथा अकेस्ट्रा कन्डक्टर थिए । तर उनलाई हाल ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्तिको रुपमा चिनिन्छ । उनी सबैभन्दा खराब एम्नेसियाद्वारा ग्रसित छन् ।

आफ्नो जीवनको धेरैजसो कुरालाई सम्झन नसक्नु र कुनै पनि नयाँ सम्झनाहरु स्थापित गर्न असमर्थ हुनुको स्थितिलाई के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? केही गर्नु र कसैलाई भेट्नु अनि त्यसपछि त्यो काम वा ती व्यक्तिलाई ७ देखि ३० सेकेन्ड भित्रै बिर्सनु – यस्तो अवस्था कसैले पनि सोच्न सक्दैन ।

सबैभन्दा दुःखदायी कुरा के भने, खाएको, उठेको, परिवारका सदस्यलाई भेटेकोलगायतका कुरा केही सेकेन्डभित्रै हिउँ झैँ पग्लिएर कालो क्यानभासमा परिणत हुनु हो ।

यो कुरा त कल्पना पनि गर्न सकिँदैन तर क्लाइभ वेरिङको जीवन ठ्याक्कै यस्तै छ । उनी कुनैबेला चर्चित सङ्गीतकर्मी, कन्डक्टर, टेनर र किबोर्डिस्ट थिए ।

क्लाइभ वेरिङको जीवनले सन् १९८५ मार्च २९ तारिखमा नाटकीय मोड लियो । उनी त्यसदिन आफ्नै घरभित्र लडे र बेहोस् भए ।

उनलाई उनकी श्रीमती डेबोराले लण्डनस्थित सेन्ट मेरिज अस्पताल लगिन् । उनलाई पछिल्लो दुई दिनदेखि टाउको दुखिरहेको थियो तर उनको मस्तिष्कलाई एउटा भाइरसले आक्रमण गरेको थियो भने रत्तिभर पनि शंका थिएन ।

उक्त भाइरसले उनको हिप्पोक्याम्पसलाई खाइरहेको थियो । यो मस्तिष्कको त्यो भाग हो जसले हाम्रो स्मरणलाई संकलित गर्छ, जसले हाम्रो सम्झनालाई ट्रान्सफर गर्छ ।

क्लाइभको मस्तिष्क सुन्निएको थियो । हरपेस सिम्प्लेक्स वान भाइरसका कारण यस्तो भइरहेको थियो । यो भाइरसले विशेषगरी घाँटीमा घाउ बनाउने गर्छ ।

धेरै नै दुर्लभ अवस्थामा यो भाइरस मेरुदण्ड नजिकैबाट निकै सुसुप्त ढङ्गले उठ्छ र घाँटीमा घाउ निम्त्याउनुको साटो यो मस्तिष्कसम्म पुगेर यसमा इन्फ्लेमेसन निम्त्याउँछ र यसको विनाश गर्छ ।

यो इन्सेफलाइटिसको निकै दुर्लभ रुपमध्ये एक हो जुन सबैभन्दा घातकमध्येको एक हो ।

डाक्टरले क्लाइभ बाँच्ने २० प्रतिशत मात्रै सम्भावना व्यक्त गरेका थिए ।

तर केही दिनसम्म एन्टिभाइरल औषधीहरु दिएपछि उनको स्थिति सुधारोन्मुख रह्यो, कम्तीमा शारीरिक रुपमा ।

यो पनि

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ ।

सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो ।

गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो ।

मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ ।

स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।